युद्धकालका अर्बौं रकम कहाँ गए ? भन्दै ऊर्जामन्त्रीले गरे प्रचण्डलाई प्रश्न-Sutra News

युद्धकालका अर्बौं रकम कहाँ गए ? भन्दै ऊर्जामन्त्रीले गरे प्रचण्डलाई प्रश्न

शनिबार, १ फाल्गुन २०७७

शनिबार, १ फाल्गुन २०७७

काठमाडौं- ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौँ रकमको हिसाबकिताब गर्ने समय आएको बताएका छन् ।



बुटवलमा आज पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा उनले ती लगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताएका हुन् । 

‘१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ? उनले भने, ‘हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौँ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो, प्रचण्डले जवाफ दिनुपर्छ ।’

उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ गरिरहेको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट