नेपालमा थप ५७ जना कोभिड-१९ का संक्रमित भेटिए-Sutra News

नेपालमा थप ५७ जना कोभिड-१९ का संक्रमित भेटिए

शनिबार, १ फाल्गुन २०७७

शनिबार, १ फाल्गुन २०७७

काठमाडौं- नेपालमा थप ५७ जना कोभिड–१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पिसिआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो ।



आज काठमाडौं उपत्यकामा १७ महिला र १४ पुरुष गरी ३१ संक्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको कूल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ५४९ जनाको पिसिआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप १३३ जना संक्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ । पाँच सय भन्दाबढी संक्रमित भएको जिल्ला काठमाडौं मात्र छ ।

शुन्य संक्रमित भएका जिल्ला इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, पश्चिम रुकुम र अछाम रहेका छन् । हाल देशभर संस्थागत आइसोलेशनमा ९८२ छन् । सघन उपचार कक्षमा ५६ जना र भेन्टिलेटरमा १७ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट