प्रचण्डतर्फ संकेत गर्दै बाबुरामले भने- अब लोभलालच नगरौं-Sutra News

प्रचण्डतर्फ संकेत गर्दै बाबुरामले भने- अब लोभलालच नगरौं

शनिबार, १ फाल्गुन २०७७

शनिबार, १ फाल्गुन २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तर्फ संकेत गर्दै अब राजनीतिक लोभलालच गर्न नहुने बताएका छन् ।



आफ्नो पुस्तक ‘गुमनाम आमाहरूको कथा’ को शनिबार लोकार्पण कार्यक्रममा बोल्दै डा.भट्टराईले यस्तो बताएका हुन् ।

‘कमरेड प्रचण्डलगायत सबैमा आग्रह छ, हाम्रो पुस्ताले बढी लोभलालच गर्नु हुँदैन’ डा.भट्टराईले भने ।

त्यसैगरी डा.भट्टराईले नयाँ पुस्ताहरू राजनीतिमा सक्रिय रूपमा उदाएको बताउँदै उनीहरूलाई साथ दिनुपर्ने पनि बताए ।

उनले भने, ‘विचारसहितका नयाँपुस्तालाई अगाडि सारेर हामी अघि बढ्नुपर्छ । यसो गर्यौं भने प्राप्त उपलब्धिको रक्षा पनि हुन्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट