काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले ८ अंकको अग्रता लिएको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई २-१ ले हराउँदै शीर्ष स्थानमा अग्रता बढाउँदै लगेको हो ।
एट्लेटिकोले २१ खेलमा ५४ अंक जोडेको छ भने दोस्रो स्थानको रियलको ४६ अंक रहेको छ ।
एट्लेटिकोलाई जिताउन मार्कुस लोरेन्ट र एन्जल कोर्रेयाले गोल गरे ।
ग्रानाडाका लागि यान्जल हरेराले गोल गरे । पराजित ग्रानडा भने ३० अंकसहित आठौँ स्थानमा रहेको छ ।