आजदेखि सरकारी कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूलाई कोरोनाविरूद्ध खोप दिइने-Sutra News

आजदेखि सरकारी कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूलाई कोरोनाविरूद्ध खोप दिइने

आइतबार, २ फाल्गुन २०७७

आइतबार, २ फाल्गुन २०७७

काठमाडौं- सरकारले आजबाट कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । आइतबारबाट सुरु दोस्रो समूहअन्तर्गत सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई कोरोनाविरूद्ध खोप दिने दिइने भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको हो ।

खोप अभियान २ सय खोप केन्द्रबाट दिइने जनाइएको छ । बिहान १० बजेबाट सुरु हुने खोप कार्यक्रम साँझ ४ बजेभित्र दिइनेछ । स्वास्थ्य मन्त्रालयले उपत्यकामा १७ स्थानबाट खोप दिने जनाएको छ ।

जसमा काठमाडौं जिल्लाभित्र राष्ट्रिय आयुर्वेद अस्पताल कीर्तिपुर, सशस्त्र अस्पताल बलम्बु, वीरेन्द्र अस्पताल छाउनी, शुक्रराज सरुवा रोग अस्पताल टेकु, प्रसुति गृह थापाथली, वीर अस्पताल रत्नपार्क, प्रहरी अस्पताल लाजिम्पाट, टिचिङ अस्पताल महाराजगन्ज , गैगाला हृदयकेन्द्र, नेपाल मेडिकल कलेज अत्तरलेख गोकर्णेश्वर , काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती कर्मचारी अस्पताल रहेका छन् ।

यसैगरी, भक्तपुरको जिल्ला अस्पताल भक्तपुर र कोरियन अस्पताल ललितपुरमा पाटन अस्पताल, क्रिष्ट मेडिकल कलेज र आनन्द वन अस्पताल रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट