सञ्चारको सुविधा भए पनि तनहुँ रामकोटमा कटुवाल प्रथा कायमै-Sutra News

सञ्चारको सुविधा भए पनि तनहुँ रामकोटमा कटुवाल प्रथा कायमै

आइतबार, २ फाल्गुन २०७७

आइतबार, २ फाल्गुन २०७७

तनहुँ- सञ्चारको सुविधा विकसित भए पनि तनहुँको बन्दीपुर गाउँपालिका-३ रामकोटमा अझै पनि कटुवाल प्रथा कायमै छ । स्थानीयवासी नरसिं थापाले विगत छ वर्षदेखि गाउँमा कटुवालको रूपमा काम गर्दै आएका छन् ।



गाउँमा हुने बैठक, कार्यक्रम, पूजाआजालगायतका बेला थापाले घोक हालेर सूचना प्रवाह गर्दै आएका छन् । कटुवालको कामलाई घोक फिराउने भनेर बुझिन्छ ।

उनका बाबुले पनि रामकोटमा कटुवालको काम गर्दै आएका थिए । बाबुको निधनपछि गाउँलेले आफूलाई कटुवालमा नियुक्त गरेको उनले बताए । ‘गाउँमा केही कार्यक्रम, पूजाआजा भयो भने मैले सबैलाई घोक हालेर सूचना दिने गरेको छु’, उनले भने, ‘त्यसबापत गाउँलेले वार्षिकरूपमा धान, मकैलगायतका अन्न दिने गरेका छन् ।’

स्थानीय महिला बिहिसरा आलेले गाउँमा सूचना प्रवाह गर्नुपर्दा थापाले घोक हाल्ने गरेको बताए । उनका अनुसार घरघरमा मोबाइल, रेडियो भए पनि थापाले घोक हालेपछि मात्रै सबै गाउँले जम्मा हुने गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट