काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गरेर गल्ती सच्याउन आग्रह गरेका छन् ।
कांग्रेस चुनावको पक्षमा रहेको प्रष्ट पार्दै चुनावबाटै समस्याको निकास निकाल्नुपर्नेमा जोड दिए ।
‘प्रधानमन्त्रीज्यू तपाईंले गर्नुभएको अपराध पखाल्न निर्वाचन गर्न जानुस् र सच्चिनुहोस्,’ रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बस्नेतले भने, ‘चुनाव गर्न सक्नुभएन भने इतिहासमै सबैभन्दा बाढी कालो धब्बा लगाउनुपर्छ ।’
उनले देशमा चुनाव हुने सुनिश्चितता अनिवार्य भएको बताए । कांग्रेस चुनावका लागि तयार रहेको स्पष्ट पारे ।