काठमाडौं- २५ वर्षदेखि नेपाली चलचित्रमा स्पोट ब्वाईको रूपमा काम गर्दै आएका राजु अब निर्माता बन्ने भएका छन् । उनले प्रेम दिवसको अवसर पारेर चलचित्र ‘प्रेमगन्ज’ को घोषणा गरेका छन् । चलचित्र प्रेमकथामा आधारित हुने बताइएको छ ।
राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति इन्डियामा छन् । उनले ‘सगुन’ देखि ‘ए मेरो हजुर ३’ सम्म लगभग तीन सय बढी चलचित्रमा काम गरिसकेका छन् ।
उनी चलचित्र क्षेत्रमा पाईला राख्दा जम्मा ११ वर्षका थिए । आधा जीवन चलचित्र क्षेत्रलाई दिएका राजुलाई अब चलचित्र क्षेत्रले के दिन्छ ? त्यो भने अब हेर्न बाँकी छ ।
परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । यस चलचित्रका कलाकार भने फाइनल हुन बाँकी छ । चलचित्र ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण हुन लागेको हो ।