काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड-नेपाल समूहले संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
आइतबार पेरिसडाँडामा पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिएको कार्यक्रममा काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेर्नेलगायतका छन् ।
केन्द्रीय संघर्ष समितिले फागुन ५ देखि २१ गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम :
–फागुन ५ देखि १२ सम्म जिल्ला कमिटीले आफ्नो तहमा कार्यक्रममा गर्ने ।
–फागुन ६ गते मानव साङ्लोले काठममाडौंको टुडिँखेल घेराउ गर्ने।
–७ गते सवै वडामा कार्यक्रम
–८ गते राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसमेतको उपस्थितमा वृहत अन्तरक्रिया गर्न ।
–९ गते महिलाा हिंसा, बलात्कारविरुद्ध देशव्यापी प्रदर्शन ।
– फागनुन १० गते काठमाडौं उपत्यकाका प्रत्येक जिल्लाका दलितद्वारा प्रदर्शन ।
–फागुन १४ गते काठमाडौंमा वृहत युवा र्याली ।
–फागुन २१ गते दाङ र १२ गते चितवनमा वृहत विरोध कार्यक्रम ।