काठमाडौं- गृह मन्त्रालयले आगामी फागुन ७ गने ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस’ को अवसर पारेर विभिन्न कारागारमा रहेका करिब ६ सय कैदीको बाँकी सजाय मिनाहा गर्न प्रस्ताव अघि बढाएको छ ।
कारकागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार मुलुकी अपराध संहिता ०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेको, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएका र जेलर हुँदै प्रमुख जिल्ला अधिकारीबाट सिफारिस भई आएका करिब ४ सय कैदीको बाँकी सजाय मिनाहाको सूची तयार पारिएको कान्तिपुरमा प्रकाशित छ ।