संसद् विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै-Sutra News

संसद् विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

सोमबार, ३ फाल्गुन २०७७

सोमबार, ३ फाल्गुन २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । कांग्रेसको यो तेस्रो चरणको अन्तिम कार्यक्रम हो ।



सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् ।

उनले साइतबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पार्दै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीमा सोमबार प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेका हुन् ।

विघटनविरुद्ध पार्टीले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट