कोरोना खोप लगाएका कारण पेरुका विदेश मन्त्रीद्वारा राजीनामा-Sutra News

कोरोना खोप लगाएका कारण पेरुका विदेश मन्त्रीद्वारा राजीनामा

सोमबार, ३ फाल्गुन २०७७

सोमबार, ३ फाल्गुन २०७७

लिमा- पेरुको विदेश मन्त्री एलिजाबेथ एस्टेटेले कोरोना भाइरसविरुद्धको खोप लगाएका कारण राजिनामा दिनु परेको छ । उनले आइतबार देशमा सरकारले खोप अभियान सुरु गर्नुभन्दा अगाडि नै क्लिनिकल परीक्षण नहुँदै कोरोनाविरुद्धको खोप लगाएको स्वीकारेकी छन् । 



नोभेम्बरदेखि मन्त्रालय सम्हालेकी एलिजाबेथले जनवरीमा चिनियाँ कम्पनीको सिनोफार्म खोप लगाएको बताएकी छन् । यसभन्दा एकदिन अगाडि राष्ट्रपति फ्रान्सिस्को सागस्तिले स्वास्थ्य मन्त्री पिलार माजेटीको राजिनामा स्वीकृत गरेका थिए । स्वास्थ्य मन्त्रीले पनि पूर्वराष्ट्रपति मार्टिन विजकाराभन्दा अगाडि नै खोप लगाएको कारण विवादमा आएपछि राजिनामा दिएका थिए । 

मार्टिन विजकारा नोभेम्बरमा भ्रष्टाचारको आरोपमा आफ्नो पद छोडेका थिए । स्वास्थ्यमन्त्रीले आफूले खोप लगाउन कुनै नियम उल्लंघन नगरेको तर परीक्षणमा सहभागी भएर खोप लगाएको बताएका छन् । उनले राजिनामा दिएपछि आफूले २२ जनवरीमा खोप लगाएको बताएकी थिइन् । उनले पेरुमा चिनियाँ कम्पनी सिनोफार्मको परीक्षणको जिम्मा लिएको पेरुकै एक विश्वविद्यालयको अफरमा खोप लगाएको स्वीरेकी हुन् । 

पेरु सरकारले जनवरी २०२१ को सुरुवातमा सिनोफर्माबाट कोभिड खोप करिब तीन करोड ८० लाख डोज खरिद गर्ने घोषणा गरेको थियो । गत साताको सुरुमा पेरुले उक्त खोप तीन लाख डोज ल्याएको थियो र मंगलबारबाट त्यहाँ आधिकारिक रुपमा खोप अभियान सुरु भएको छ । सरकारी तथ्यांकअनुसार कोभिड १९ का कारण पेरुमा ४४ हजार मानिसको मृत्यु भइसकेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट