काठमाडौं- विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सोमबार औपचारिक उद्घाटन गरेका छन् ।
२०७२ को भूकम्पपछि भवनको प्रबलीकरण सम्पन्न भएसँगै उद्घाटन गरिएको हो । अब कार्यालय आफ्नै पुरानो भवनमा सर्नेछ ।
सिंहदरबार भवनका चार मोहडामध्ये उत्तर, दक्षिण र पूर्वी मोहडाको पुनर्निर्माण सकिएको छ भने पश्चिम मोहडा असारसम्म सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।
वि.सं.२०३० मा भएको आगलागीपछि उत्तर, दक्षिण र पूर्वी मोहडा पक्की संरचनामा निर्माण गरिएको थियो ।