संसद् विघटन गर्न नपरोस् भनेर विकल्पबारे अन्तिम समयसम्म पनि सोचेंः प्रधानमन्त्री ओली-Sutra News

संसद् विघटन गर्न नपरोस् भनेर विकल्पबारे अन्तिम समयसम्म पनि सोचेंः प्रधानमन्त्री ओली

सोमबार, ३ फाल्गुन २०७७

सोमबार, ३ फाल्गुन २०७७

काठमाडौं- संसद् विघटन गर्नुआफ्नो बाध्यता भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् ।



सोमबार सरकारका तीन वर्षका उपलब्धि सिंहदरबारबाट सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गर्न नपरोस् भनेर आफूले अन्तिम समयसम्म कोसिस गरेको बताएका हुन् ।

‘सत्तारुढ दलको विवादको बाछिटा संसदमा नपरोस् भनेर धेरै लान्छाना पनि सहेकै हो,’ प्रधानमन्त्रीको दावी छ, ‘विभिन्न लान्छाना छापेर सरकारमाथि हमला गर्ने काम भयो । गत पुस ५ गते विघटन सिफारि हुनुभन्दाअघिसम्म झुटो अभियोग लगाउने काम नगरौं । यस ढंगले खुइल्याउने काम नगरौं, स्वस्थ ढंगले सरकार र पार्टी चलाउन भनेर मैले अन्तिम समयसम्म कोसिस गरेँ । र, संसद विघटन नर्गुनपरोस् भनेर पनि सोचेँ ।’

आफूले वैकल्पिक सरकार बन्ने सम्भावना बारे पनि सोचेको र त्यस्तो नपाएपछि आफूसँग संसद् विघटन बाहेक कुनै पनि विकल्प नरहेको ओलीको भनाइ छ ।

‘मैले वर्तमान अवस्थामा के बैकल्पिक सरकार बन्न सक्छ छ भनेर पनि सोचेँ,’ उनको भनाइ छ, ‘६४ प्रतिशत मत प्राप्त दलको सर्वसम्मत नेता । मेराविरुद्ध संसदीय दलमा केही आलोचना, टिप्पणी पनि छैन । एक जना मान्छेले झुटो लान्छना पेश गरेका बाहेक मेरो विरुद्ध केही उजुरी पनि छैन । त्यस्तो अवस्थामा बैकल्पिक सरकार पनि बन्ने अवस्था रहेन । मसँग सिमीत बिकल्प मात्रै थिए ।’

ओलीले निर्वाचनमा जानु प्रतिगमन नभएको समेत दावी गरे । उनले संविधानभन्दा आफू अलग बाटोमा नहिँडेको भन्दै प्रतिगमन भन्नु गलत कुरा रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट