Logo

बुधवार, फाल्गुण १९ गते २०७७

घटेकै घटै सुनको भाउ

घटेकै घटै सुनको भाउ

सूत्र न्यूज

३ फाल्गुण २०७७
  • 3.2K
    SHARES
  • घटेकै घटै सुनको भाउ

    काठमाडौं- नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ ।

    साताको सुरुको दिन आइतबार प्रतितोला छापावाला सुनको भाउ ९० हजार ८ सय रहेको थियो ।

    आज प्रतितोला सुनको भाउ तोलामा एक सयले गिरावट आइ ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको भाउ ९० हजार २ सय रहेको छ ।

    आइतबारको तुलनामा सोमबार प्रतितोला चाँदीको भाउ तोलामा ५ रुपैयाँ वृद्धि भएको छ ।

    आइतबार प्रतितोला चाँदीको भाउ १३ सय ३५ रहेको थियो भने आज १३ सय ४० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

     


    प्रकाशित :फाल्गुण ३, २०७७ सोमवार - १२:२५:०५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.