काठमाडौं- कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को झगडाले कांग्रेसभित्रै लफडा भएको बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध साेमबार बुटवलमा आयोजित विरोधसभामा बोल्दै देउवाले यस्तो बताएका हुन् ।
हिजो प्रचण्डलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र मान्ने सर्तमा शान्तिप्रक्रियामा ल्याएर राजा फालेको स्मरण गर्दै सभापति देउवाले अहिले ओली र प्रचण्ड नै राजाभन्दा ठूलो हुन खोजेको बताए ।
‘ओली र प्रका लागि मारामाचण्ड राजा भन्दा ठूलो हुन खोजे । कुर्सीर भयो । हाम्रै पार्टीमा समस्या आइसकेको छ,’ उनले भने, ‘अदालतमा मुद्दा विचराधिन छ । यस्तो बेलामा अदालतको निर्णय पर्खने कि के गर्ने भन्नेबारेमा दुई कुरा पार्टीभित्र आयो । तर निर्णय पर्खनुको विकल्प छैन ।’