अफगान सेनाको कारबाहीमा सात आइएस आतंककारी मारिए-Sutra News

अफगान सेनाको कारबाहीमा सात आइएस आतंककारी मारिए

सोमबार, ३ फाल्गुन २०७७

सोमबार, ३ फाल्गुन २०७७

अफगानिस्तान- अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) आतंककारी समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्वारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ ।



प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतंककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात लडाकू मारिएका समाचारमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारीहरुले चार ओटा आत्मघाती भेस्ट, तीन ओटा एके–४७ राइफल र विस्फोटक पदार्थ र हाते ग्रेनेडसमेत कब्जा लिएको जनाइएको छ ।

नान्गार्हार प्रान्तको यस भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने कारबाहीका बारेमा केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट