न्युजिल्याण्डमा कोरोनाविरुद्धको खोप पहिलोपटक भित्रियो-Sutra News

न्युजिल्याण्डमा कोरोनाविरुद्धको खोप पहिलोपटक भित्रियो

सोमबार, ३ फाल्गुन २०७७

सोमबार, ३ फाल्गुन २०७७

वेलिङ्टन- न्युजिल्याण्डमा कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक सोमबार भित्र्याइएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा निकै राम्रो भूमिका खेलेकी प्रधानमन्त्री जसिन्डा अर्डेनले सोमबार मात्रै खोप ल्याइएको पुष्टि गरेका हुन् ।



स्थानीय समय अनुसार सोमबार विहान ९.३४ मा ६० हजार मात्राखोप स्वदेश ल्याइएको उनले जानकारी दिए । खोप ल्याइएपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘फाइजर/बायोएनटेक खोप न्युजिल्याण्डमा ल्याइएको छ, अव यो लगाउन सुरु गरिनेछ, यसलाई ठूलो अभियानको रुपमा अगाडी बढाउने तयारी भएको छ ।’

आफ्नो देशमा पनि केही परीक्षण गरेपछि मात्रै खोप लगाउने अभियान सुरु गरिने पनि प्रधानमन्त्री अर्डेनले जानकारी दिए । उनका अनुसार आगामी शनिबारदेखि सुरुमा केही सिमित व्यक्तिहरुलाई मात्रै खोप लगाउन थालिनेछ ।

कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीसँगै आइसोलेसन र क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरूलाई सुरुको चरणमा खोप लगाउने योजना सरकारले बनाएको उनले बताए ।

आगामी दुईदेखि तीन हप्तामा झण्डै ३० हजार जनालाई खोप दिने तयारी रहेको उनको भनाइ छ । एक जनालाई दुई ओटा खोप लगाउनु पर्ने भएकाले ६० हजार खोप ३० हजार जनालाई लगाउन सकिने भएको हो ।

‘अग्रपंक्तिमा रहेर कामगर्दै आएका सफाई मजदुर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाइने भएको छ,’ उनले भने ।

खोप लगाएपछि न्युजिल्याण्डका सबै नागरिक कोरोना भाइरसबाट सुरक्षित हुने उनले विश्वास व्यक्त गरे । उनकाअनुसार आगामी मार्च अन्त्यसम्ममा दुई लाख २५ हजार खोप ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट