काठमाडौं- काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि कुटाकुट भएको छ । जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा भएकोे हो ।
न्यायाधीशकै अगाडि भएको मुक्का हानहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका छन् । नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला र शर्माबीच हात हालाहाल भएको हो ।
अदालतका अनुसार यसअघि भइसकेको आदेशका बेहोरालाई लिएर शर्मा र बाँस्तोलाबीच हात हालाहाल भएको गोरखापत्रमा प्रकाशित छ ।