यस्तो बन्यो ‘कृष्ण-लीला’ को बहुप्रतिक्षित गीत [भिडियो]-Sutra News

यस्तो बन्यो ‘कृष्ण-लीला’ को बहुप्रतिक्षित गीत [भिडियो]

मंगलबार, ४ फाल्गुन २०७७

मंगलबार, ४ फाल्गुन २०७७

काठमाडौं- चैत्र २७ मा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनिक गरिएको छ ।



अभिनेता पुष्प खड्का र नवअभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै प्रेमील भावमा प्रस्तुत भएका छन् ।
सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् ।

दीपक ओली निर्देशित फिल्मको सो गीत पूर्वी नेपालको इलाम, झापा र पाँचथरका विभिन्न रमणीय स्थानमा खिचिएको हो । नयाँ बर्ष ०७८ को अवसर पारेर प्रदर्शन गर्न लागीएको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् ।

लभस्टोरी जनराको फिल्मको लेखन लक्ष्मण सुवेदी, छायांकन शिव ढकाल र बाबु श्रेष्ठ, द्वन्द्व श्री श्रेष्ठको छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईं ,आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट