भाजपाले नेपालमा सरकार बनाउँछु भन्नु ‘रअ’ प्रमुखसँग ओलीको गोप्य मन्त्रणाको परिणामः भीम रावल-Sutra News

भाजपाले नेपालमा सरकार बनाउँछु भन्नु ‘रअ’ प्रमुखसँग ओलीको गोप्य मन्त्रणाको परिणामः भीम रावल

मंगलबार, ४ फाल्गुन २०७७

मंगलबार, ४ फाल्गुन २०७७

काठमाडौं– नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले नेपालमा भारतीय हस्तक्षेप बढ्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार रहेको दाबी गरेका छन् ।



भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा राती भेट्नुले नेपालमा भारतको खुलेआम हस्तक्षेप बढेको रावलले बताएका हुन् ।

मध्यरातमै बालुवाटार बोलाएर ‘रअ’ प्रमुखसँग ओलीले भेट्दा भारतीय नेताले नेपालमा भारतीय जनता पार्टीको सरकार बनाउँछौ भनेर हस्तक्षेप गरेको रावलको टिप्पणी छ ।

‘हालै भारतीय गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ,’ उनले भने । ‘यो प्रधानमन्त्री ओलीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो ।’ रावलले ट्‍वीटरमा लेखेका छन् ।

भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाइरहेको बताएको भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतीय पत्रिकालाई बताएका थिए । जुन समाचार छापिएपछि नेपालमा पनि तरंग उत्पन्न भएको थियो ।

यस्तो छ रावलको ट्वीट:

हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ।यो प्रमं केपीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसंगको गोप्य मन्त्रणाको परिणाम हो।नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन ।

— Bhim Rawal, PhD (@BhimRawal179) February 16, 2021 “>हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ। यो प्रमं केपीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसंगको गोप्य मन्त्रणाको परिणाम हो।नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट