मध्य प्रदेशमा यात्रु बस नहरमा खस्दा १८ जनाको मृत्यु-Sutra News

मध्य प्रदेशमा यात्रु बस नहरमा खस्दा १८ जनाको मृत्यु

मंगलबार, ४ फाल्गुन २०७७

मंगलबार, ४ फाल्गुन २०७७

नयाँ दिल्ली- भारतको मध्य प्रदेशमा यात्रुबस पुलबाट नहरमा खस्दा कम्तीमा १८ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।



५४ जना सवार बस पुलबाट नहरमा खसेको हो । मध्य प्रदेशको सीधी जिल्लामा दुर्घटना भएको र उद्धार तथा खोजीको काम जारी रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दैै इन्डियन एक्सप्रेसले जनाएको छ ।

कम्तीमा सात यात्रुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । कम्तीमा १९ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

सीधीबाट सत्नाका लागि छुटेको गाडी दुर्घटनामा परेको हो ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट