कोरोना अपडेटः कति पुगे नेपालमा संक्रमित ?-Sutra News

कोरोना अपडेटः कति पुगे नेपालमा संक्रमित ?

मंगलबार, ४ फाल्गुन २०७७

मंगलबार, ४ फाल्गुन २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।

देशभर १ हजार ५ सय ८७ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट