भारतमा २४ घण्टामा १०९ संक्रमितको मृत्यु, ११ हजार ७९५ जनामा संक्रमण-Sutra News

भारतमा २४ घण्टामा १०९ संक्रमितको मृत्यु, ११ हजार ७९५ जनामा संक्रमण

बुधबार, ५ फाल्गुन २०७७

बुधबार, ५ फाल्गुन २०७७

काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ९४९ पुगेको छ ।



पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ९४९ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ७९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ३७ हजार १०९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ४२ हजार ९०३ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३८ हजार २५४ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट