इटालीका प्रधानमन्त्री ड्राघीद्वारा राहत योजना सार्वजनिक गर्ने तयारी-Sutra News

इटालीका प्रधानमन्त्री ड्राघीद्वारा राहत योजना सार्वजनिक गर्ने तयारी

बुधबार, ५ फाल्गुन २०७७

बुधबार, ५ फाल्गुन २०७७

रोम- इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोना भाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधबार सार्वजनिक गर्ने तयारी गरेका छन् ।



युरोपेली केन्द्रीय बैंक (इसिबी) का पूर्व प्रमुख समेत रहेका प्रधानमन्त्री ड्रागीले विश्वासको मत लिनुअघि सिनेटमा सम्बोधन गर्नेछन् ।

इटालीका सबैजसो प्रमुख राजनीतिक दलहरुले ड्रागीलाई समर्थन जनाइसकेकाले विश्वासको मत प्राप्त गर्न उनलाई कठिन हुने छैन ।

इटालीले ७३ वर्षीय अर्थशास्त्री ड्रागीबाट निकै बढी आशा गरेको छ । ड्रागीले इटालीको ३०औं प्रधानमन्त्रीका रुपमा शनिबार सपथ लिएका थिए ।

इटालीमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोना भाइरसका कारण इटालीमाथि पनि चुनौती थपिएको छ ।

यसैबीच, इटालीको अर्थतन्त्र गत वर्ष झण्डै ९ प्रतिशतले संकुचित भएको छ । युरोपेली मुलुकका मुलुकहरुमध्ये इटालीको अर्थतन्त्रको संकुचन निकै खराब हो । यहाँ करिब चार लाख ५० हजारको रोजगारी गुमेको छ जसमा अधिकांश महिला र युवा छन् ।

फेब्रुअरी ३ मा प्रधानमन्त्रीमा चयन भएपछि दिएको संक्षिप्त मन्तव्यमा प्रधानमन्त्री ड्रागीले मुलुकमा सामु उत्पन्न कठिन चुनौतीका दिनमा राष्ट्रिय एकताका लागि आग्रह गरेका थिए ।

इटालीले युरोपेली युनियनको कोरो नाभाइरस पुनरुद्धार कोषबाट २ खर्ब ४० अर्ब डलरभन्दा बढी रकम प्राप्त हुने आशा गरेको छ । तर यसको बदलामा इटालीले निकै कठिन वा अलोकप्रिय सुधारका कार्यक्रम अघि सार्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट