२४ घण्टामा १२५ जनालाई कोरोना पुष्टि-Sutra News

२४ घण्टामा १२५ जनालाई कोरोना पुष्टि

बुधबार, ५ फाल्गुन २०७७

बुधबार, ५ फाल्गुन २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ताप्लेजुङमा १, मोरङमा ३, काठमाडौंमा ४५, काभ्रेमा २, चितवनमा १३, दोलखामा १, भक्तपुरमा ६, मकवानपुरका १ र ललितपुरमा ९ जना संक्रमित थपिएका छन् ।

यस्तै सिन्धुपाल्चोकमा १, कास्कीमा १६, गोरखामा १, तनहुँमा २, म्याग्दीमा १, स्याङ्जामा १, गुल्मीका १, बर्दियामा ५, बाँकेमा १, रुपन्देहीमा ५, जुम्लामा ७, तथा कैलालीमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थप ६० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बुधबार ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ ।

गत २४ घण्टामा ३ हजार ८ सय ३८ पीसीआर परीक्षण भएको छ । हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आइसियुमा तथा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट