इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको निधन-Sutra News

इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको निधन

बुधबार, ५ फाल्गुन २०७७

बुधबार, ५ फाल्गुन २०७७

क्विटो- इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ । अकस्मात हृदयघातका कारण मंगलबार उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।



उनलाई यही फ्रेबु्रअरी ९ मा हृदयघात भएको हो । हृदयघात भएपछि उनलाई थप उपचारका लागि अमेरिका लगिएको थियो । तर उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

ज्याक्सन मेमोरियल अस्पताल फ्रोरिडामा उनको उपचार गराइएको थियो । उनको उपचार सफल नभएपछि उनका आफन्त तथा सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पूर्वराष्ट्रपति नोबोयको निधनमा शोक र सम्मान व्यक्त गर्दै राष्ट्रिय शोकसमेत घोषणा गर्न लागेको जानकारी उनले दिएका छन् ।

उनले नोबोयलाई आफ्नो अति आदरणीय, अविस्मरणीय र असल व्यक्तिका रुपमा स्मरण पनि गरेका छन् । नोबोयको निधनले आफूले अति असल मित्र र देशले असल अविभावक गुमाउनु परेको राष्ट्रपति मोरेनोले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट