काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग पराजित भएको छ ।
लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्टस एफसी पोर्टोसँग २-१ ले पराजित भएको हो ।
क्रिष्टियानो रोनाल्डोसहित मैदान उत्रिएको युभेन्टसको प्रदर्शन फितलो हुँदा पोर्टोले लाभ लियो । उसले दुई गोल दुवै हाफको पहिलो मिनेटमा थियो ।
मेहदी तारेमीले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेललाई मौसा मारेगाले ४६औँ मिनेटमा अर्को गोल ग्दै पोर्टोको जित सुनिश्चित गरेका थिए ।
युभेन्टसका फेदेरिको केइजाले लागि ८२औँ मिनेटमा एक गोल फर्काए । अब दोस्रो लेग आउँदो मार्च ९ मा युभेन्टसको मैदानमा हुनेछ ।