रुपन्देही- आठ बर्षिया छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका ५० बर्षिय बाबुलाई जिल्ला अदालत रुपन्देहीले जन्मकैदको फैसला सुनाएको छ ।
२०७६ फागुन २८ मा दर्ता भएको मुद्दामा अदालतले पीडकलाई जन्मकैद र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको स्रेस्तेदार नेत्र भुसालले जानकारी दिए ।
बन्द इजलासमा बुधबार हाडनाता र जबर्जस्ती करणीसम्बन्धी उक्त मुद्दाको फैसला भएको हो ।
पीडितको पक्षमा जिल्ला सहन्यायाधिवक्ता डिल्लीराज ज्ञवालीले गरेको बहसबाट उक्त फैसला भएको हो ।
पीडकका तर्फबाट वैतनिक अधिवक्ता नर्मदा सुवेदीले बहस गरेकी थिइन् । कान्तिपुर दैनिकमा समाचार छ ।