कोरोना अपडेटः ३५४१ मा पीसीआर गर्दा ९६ लाई कोरोना-Sutra News

कोरोना अपडेटः ३५४१ मा पीसीआर गर्दा ९६ लाई कोरोना

बिहिबार, ६ फाल्गुन २०७७

बिहिबार, ६ फाल्गुन २०७७

काठमाडौं- नेपालमा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४१ मा पीसीआर गर्दा ९६ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १११ जना निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ५९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट