काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको भाउमा गिरावट आएको छ ।
बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको भाउ आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैँया घटेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।