काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख परियारालाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
२०७६ कार्तिक १९ गते प्रदेश प्रमुखमा नियुक्त भएका परिवारलाई मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारीले पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधार १ को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।