शुक्रबार थप ९७ जनामा कोरोना संक्रमण-Sutra News

शुक्रबार थप ९७ जनामा कोरोना संक्रमण

शुक्रबार, ७ फाल्गुन २०७७

शुक्रबार, ७ फाल्गुन २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमित थपिएका छन् ।



यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ । हाल देशभर १ हजार ५ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा देशभर थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट