तरुण दलद्वारा स्वास्थ्य सामग्री वितरण-Sutra News

तरुण दलद्वारा स्वास्थ्य सामग्री वितरण

शुक्रबार, ७ फाल्गुन २०७७

शुक्रबार, ७ फाल्गुन २०७७

काठमाडौं- नेपाल तरुण दलले ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।



कोभिड–१९ को जोखिमको अवस्थामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा कार्यरत स्वास्थ्यकर्मीका लागि आज एक कार्यक्रमका बीच सो सामग्री हस्तारण गरिएको हो ।

अस्पतालका रजिष्ट्रार प्रा. डा. पारस आचार्यलाई दुई हजार ५०० मास्क, १० पिपीई सेट र २८ फेस शिल्ड हस्तान्तरण गरिएको तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट