विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै छ । बृहत् आमसभाका लागि प्रधानमन्त्री ओली विराटनगर आउँदै छन् ।
संसद विघटनपछि पहिलोपटक प्रदेश १ का कार्यकर्ताहरुलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगरमा आउन लागेका हुन् ।
आमसभा महानगरपालिका-२ शंकरपुरस्थित खुला मैदानमा गरिने छ ।
आमसभाको लागि तयारी पूरा भएको आमसभा जनपरिचालन सचिवालय सचिव एवं केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।
उनका अनुसार आमसभामा पाँच लाख मानिसहरू आउने अनुमान गरिएको छ ।