दलित भन्ने थाहा पाएपछि घरभेटीले दिएनन् फ्ल्याट भाडामा, करुणाले दिइन् जाहेरी-Sutra News

दलित भन्ने थाहा पाएपछि घरभेटीले दिएनन् फ्ल्याट भाडामा, करुणाले दिइन् जाहेरी

शनिबार, ८ फाल्गुन २०७७

शनिबार, ८ फाल्गुन २०७७

काठमाडौं- दलित भएकै कारण एडमान्स लिएर पनि फ्ल्याट भाडामा नदिने राजधानीको धापासी हाइट घर भएका माधवराज भुसालविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।



जातीय छुवाछुत तथा भेदभाव ऐनअन्तर्गत करुणा विश्वकर्माले बिहीबार महानगरिय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी हुन् । 

३ फागुनमा हजार रुपैयाँ एड्भान्स लिइसकेकी घरधनी भुसालकी पत्नीले करुणा ‘विश्वकर्मा’ भएको थाह पाएपछि फ्ल्याट दिन अस्वीकार गरेकी थिइन् ।

आफूले प्रहरीमा जाहेरी दिएको र विभेदको सजाय घरबेटीले पाउनै पर्ने करुणाको भनाइ छ । तर घरधनी भुसालले भने करुणालाई जात र थर केही पनि नसोधिएको दाबी गरेका छन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट