शेरबहादुर तामाङ दम्पतीले प्रचण्ड-नेपाललाई छाडे, ओली समूहमै आए-Sutra News

शेरबहादुर तामाङ दम्पतीले प्रचण्ड-नेपाललाई छाडे, ओली समूहमै आए

शनिबार, ८ फाल्गुन २०७७

शनिबार, ८ फाल्गुन २०७७

काठमाडौं- पूर्वकानुनमन्त्री तथा नेकपा नेता शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा फर्किएका छन् ।



उनकी धर्मपत्नी एवम् प्रदेश नम्बर-१ कि सांसद् उषाकला राईपनि आज हुने विराटनगरको सभाबाट ओली समूहमै प्रवेश गर्दैछिन् ।

नेता तामाङले प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्रै अहिलेको समस्या समाधान हुने र देशको समृद्धिको यात्रा अघि बढ्ने भएकोले श्रीमान-श्रीमती दुवैजना सो पार्टीको कार्यक्रममा सहभागी हुन लागेको उल्लेख गरे ।

उनले नेकपा एउटै भएपनि कार्यक्रम अलग अलग हुने गरेको र आजदेखि प्रधानमन्त्री ओली पक्षीय कार्यक्रमहरुमा सहभागी हुने जानकारी दिए ।

पार्टी विभाजनपछि केही दिन प्रधानमन्त्री ओली नेतृत्वको केन्द्रीय समितिमा रहेका उनी सो दल छोडेर प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट