काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल आज शनिबार स्वदेश फर्किंदै छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि गत माघ ३० गते बिहान भारतको राजधानी नयाँ दिल्ली गएका उनी आज नेपाल फर्किने भएका हुन् ।
खनालले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराएका थिए । दिल्लीस्थित भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अस्पतालमै पुगेर पूर्वप्रधानमन्त्री खनाललाई भेटेका थिए । भेटमा राजदूत आचार्यले खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
एक हप्ताभन्दा लामो दिल्ली बसाई टुङ्ग्याएर आज दिउँसो ४ बजे नेता खनाल नेपाल आइपुग्ने बताइएको छ ।