काठमाडौं- नेकपा ओली समूहका नेता सुवास नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने काम भइरहेको बताएका छन् ।
नेकपा ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभो । प्रधानमन्त्रीको कदमलाई लिएर राष्ट्रपति समेतलाई पनि विवादमा तान्न खोजियो । सरकारको कुनै काम भयो कि कुनै घोषणा भयो कि प्रधानमन्त्रीका साथसाथै राष्ट्रपतिलाई पनि विवादमा तान्न खोजियो। अहिलेसम्म पनि जारी छ।’