काठमाडौं- नेकपा ओली समूहका नेता सुवास नेम्वाङले फागुन ११ देखि १५ गतेबीचको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला गर्ने बताएका छन् ।
विराटनगरमा आयोजित नेकपाको सभामा नेम्वाङले यस्तो बताएका हुन् ।
उनले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यता भएको उनको जिकिर थियो ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि देशभर निर्वाचनको पक्षमा माहोल रहेको भन्दै नेम्वाङले अदालतले पनि जनताको भावना अनुसार फैसला सुनाउने बताए ।
संवैधानिक इजलासमा शुक्रबारबाट मुद्दामा बहस सकिएको थियो ।
जनतामा जाने चुनावलाई प्रतिगमन भन्न नहुने नेम्वाङको भनाइ थियो ।