काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् ।
काठमाडौं महानगरपालिका ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रहसमेत गरे ।
राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने ‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्नेछन् । जनताभन्दा ठूलो न्यायाधीश अरू कोही हुँदैनन् । यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ ।’
निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।