काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब पुष्पकमल दाहाल (प्रचण्ड) लाई झाँक्रीले बचाउन नसक्ने टिप्पणी गरेका छन् ।
शनिबार नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समूहकी युवा नेतृ रामकुमारी झाँक्रीतर्फ संकेत गरेर त्यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रचण्डजीको त मलाई यसो माया लाग्छ । पहिले उहाँसँग वैद्य थिए, उनले छाडे । त्यसपछि डाक्टर ल्याउनुभो, उनले पनि छोडे । अहिले झाँक्री लिनुभएको छ । अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।’