८८ संक्रमित थपिए, १३६ कोरोनामुक्त-Sutra News

८८ संक्रमित थपिए, १३६ कोरोनामुक्त

शनिबार, ८ फाल्गुन २०७७

शनिबार, ८ फाल्गुन २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसका ८८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६ जना संक्रमित निको भएका छन् । कोभिड-१९ को संक्रमण्बाट मुक्त भएकाको संख्या दुई लाख ६९ हजार ७५५ पुगेको हो ।

हाल एक हजार ५३५ जनामा भाइरसको संक्रमण सक्रिय रहेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ३६ हजार ३०९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

हाल ७१ जना क्वारेन्टिनमा छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा शून्य संक्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट