काठमाडौं- सत्तारुढ नेकपा केपी ओली समूहले आज विराटनगरमा विशाल जनसभा कार्यक्रमको आयोजना गरेको छ ।
सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै आगामी वैशाख १७ र २७ दुई चरणमा हुने निर्वाचनलाई कसैले रोक्न नसक्ने बताए ।
उनले सरकार निर्वाचनतर्फ अगाडि बढेकाले अदालतले पनि चुनावकै पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।
लाखौं मानिसहरू उपस्थित जनसभालाई नेता सुवास नेम्वाङ, शेरधन राई, गृहमन्त्री रामबहादुर थापा लगायतले सम्बोधन गरे ।
गृहमन्त्री थापाले निर्मला पन्तको हत्यारालाई छिट्टै कानुनी कठघरामा उभ्याइने बताए ।