काठमाडौं- इङ्गलिस प्रियिमर लिगअन्तर्गत एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।
लिभरपुलको मैदानमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई २-० ले पराजित गरेको हो ।
एभर्टनका रिचार्लीसनले खेलको तेस्रो मिनेटमा गोल गरेर अग्रता लिए ।
त्यसपछि खेलको ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गिल्फी सिगुअरसनले गोल गरेपछि एभर्टन जीतको अघि बढेको थियो ।