स्वास्थ्य उपचारका लागि आज भारत जाँदै बाबुराम-Sutra News

स्वास्थ्य उपचारका लागि आज भारत जाँदै बाबुराम

आइतबार, ९ फाल्गुन २०७७

आइतबार, ९ फाल्गुन २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई आइतबार भारत जान लागेका छन् । नेपाल वायुसेवा निगमको जहाजबाट आज डा.भट्टराई भारतको नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।



डा.भट्टराई स्वास्थ्य उपचारका लागि भारत जान लागेका हुन् । उनको पेटमा समस्या देखिएको छ । यसअघि काठमाडौंको निदान अस्पतालमा डा.भट्टराईले उपचार गराएका थिए ।

डा.भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरूको छ । उनको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा डा.भट्टराईको बसोबास त्यहाँ रहेको नेपाली दूतावासमा हुने डा.भट्टराईको सचिवालयले जानकारी दिएको छ ।

डा.भट्टराईसँगै उनकी श्रीमती हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट