ललितपुर- गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ ।
साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले विशंखुनारायण सामुदायिक वन भित्र जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।
ललितपुरको सातदोबाटोबाट ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वन भित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको खबर कारोबार दैनिकमा प्रकाशित छ ।