प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप-Sutra News

प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

आइतबार, ९ फाल्गुन २०७७

आइतबार, ९ फाल्गुन २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा कोरोना भाइरसविरुद्धको खोप पुनः ल्याइएकाे छ । खाेप उत्पादन गर्ने सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप ल्याइएकाे हाे ।



सरकारले २० लाख डोज खोपका लागि करिब ९३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । आइतबार दश लाख डोज कोभिसिल्ड खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

एयर इन्डियाको उडानमार्फत खोप ल्याइएको हो । सरकारले २३ फागुनदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो ।

२३ फागुनबाट ५५ वर्षमाथि उमेर समूहमा खोप लगाइनेछ ।

सरकारले विमानस्थलबाट खोप टेकुस्थित कोल्ड रुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट