थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि-Sutra News

थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आइतबार, ९ फाल्गुन २०७७

आइतबार, ९ फाल्गुन २०७७

काठमाडौं- नेपालमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टा ४९ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट