Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

सिरी ‘ए’ फुटबलमा इन्टर मिलानको शानदार जित

सिरी ‘ए’ फुटबलमा इन्टर मिलानको शानदार जित

सूत्र न्यूज

१० फाल्गुण २०७७
  • 96
    SHARES
  • सिरी ‘ए’ फुटबलमा इन्टर मिलानको शानदार जित

    काठमाडौं- इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले शानदार जित हात पारेको छ ।

    आइतबार राति भएको खेलमा एसी मिलानविरुद्ध इन्टर मिलानले ३-० को जित हात पारेको हो ।

    मिलानको घरेलु मैदान सानसिरोमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले दुई गोल गरे । यस्तै रोमेलु लुकाकुले एक गोल गरे ।

    जितसँगै इन्टरले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । इन्टरले २३ खेलबाट ५३ अंक जोडेको छ । एसी मिलान २३ खेलमा ४९ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ ।


    प्रकाशित :फाल्गुण १०, २०७७ सोमवार - ०७:३४:४०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.